याँ विजिनेस आइडिया कसरी सृजना गर्ने ?

कहिले काही तपाईसँग व्यवसाय गर्ने इच्छा, अठोट, समय, र पैसा भएता पनि व्यवसायको लागि चाहिने सृजनात्मक र नविन आईडीया नहुन सक्छ | यस्तो आइडिया जसले तपाईँको व्यवसायलाई अहिले बजारमा रहेका अन्य व्यावसयहरु भन्दा फरक बनाउन सकोस् र ग्रहाकहरुको मागलाई पुरा गरि राम्रो आम्दानी समेत गर्न सकोस् | यस्तो बिजिनेस आइडिया आफैले बनाउनको लागि निम्न तरिकाहरू अपनाउन सकिन्छ:

आफूलाई सधैँ प्रश्न गर्ने

बजारमा अहिले भएका व्यावसायहरुले कस्ता किसिमका सामान वा सेवा दिई रहेका छन् भन्ने कुराको राम्रोसँग अध्ययन गर्ने र यो भन्दा धेरै मैले के नयाँकाम गर्न सक्छु भनेर आफूलाई सधैँ प्रश्न गरिरहनु पर्छ | यस्तो बानीले तपाईँलाई साधारण भन्दा बाहिर सोच्न मद्दत गर्छ र यही बानीले नै नवीन व्यावसायिक सोचको जन्म दिन्छ |

आफ्नो समस्यालाई नै बिजिनेस आइडियामा बदल्ने

एउटा व्यवसायी हुनु भन्दा अगाडी तपाईँ एउटा ग्रहाक पनि हो | बजारमा पाइने समान वा सेवाबाट तपाईँलाई  कुन कुराले चित्त बुझेको छैन भनेर तपाईँलाई थाहा हुन सक्छ र तपाईँ सँगसँगै अरू ग्राहाकहरुले पनि यस्तै समस्या भोगि रहेका हुन सक्छन् |  तपाईँले यही कुराको समाधान दिने किसिमको बिजिनेस आइडिया बनाउन सक्नुहुन्छ | जस्तै: डाक्टरले तपाईँलाई विषादी रहित खाना खानुहोस् भनेको छन् तर बजारमा बिषादी रहित खाना नपाउनाले तपाईँ दिक्क हुनुहुन्छ भने अरू पनि तपाईजस्ता थुप्रै मानिसहरू यही समस्यामा परिरहेका हुन सक्छन् | यस्तो बेलामा तपाइले अर्ग्यानिक खेती गरी आफू पनि स्वस्थ हुन सक्नु हुन्छ भने त्यसबाट मनग्य आम्दानी गर्न सक्नु हुन्छ  |

नपुग आवश्यकता पुरा गर्ने

तपईले प्रयोग गरिरहेको कुनै सामानले तपाईँलाई वा अरू ग्राहकहरुलाई  पूर्ण सन्तुष्टि दिन नसकेको हुनसक्छ| त्यो अपुग सेवा दिने  खालको  नयाँ योजना पनि बनाउन  सक्नुहुन्छ| जस्तै: होटेलमा प्राय ग्राहकहरुले खान वा खाजा खैसकेपछी हात/मुख सफा गर्न समस्या आएको हुन सक्छ त्यस्तोबेला तपाईँले टिस्यु पेपर बनाएर राम्रो आम्दानी गर्नुका साथै सेवा पनि गर्न सक्नुहुन्छ।

ग्राहकसँग सल्लाह लिने

कहिलेकाही ग्राहकहरू सँग उनीहरूको आवश्यकता र चाहना बुझ्दा पनि नयाँ व्यावसायिक आइडिया आउन सक्छ| त्यसको लागी तपाईँ पसलेहरु कहाँ गएर आउने ग्राहकहरुसँग सोध्न पनि सकिन्छ|जस्तै: यदि स्कुले विध्यार्थीहरुलाई बर्खा याममा किताब बोक्ने झोला बिझेर समस्या भएको छ भने वाटर प्रुफ झोला बनाउने नयाँ व्यवसाय सुरु गर्न सक्नुहुन्छ।

आफ्नो सिपलाई चिन्ने

यदि तपाईसँग कुनै पनि क्षेत्रमा सिप छ भने तपाईँले त्यसबाट नयाँ सामानको कल्पना गरेर पनि व्यवसायको लागि योजना बनाउन सक्नुहुन्छ| आफूमा भएको सिप कुन क्षेत्रमा लागु हुन्छ, त्यसमा थप कस्तो खालको सेवाहरू दिन सकिन्छ भन्ने जस्ता बिचारले पनि तपाईँलाई व्यावसायिक आइडिया बनाउन सक्नुहुन्छ।

आफूलाई रुचि भएको बजारको बारेमा बुझ्ने

तपाईँलाई कुन क्षेत्रमा व्यवसाय गर्न मन छ त्योसँग सम्बन्धित बजारको बारेमा बुज्न सक्नुहुन्छ, जसले गर्दा तपाईँले उत्पादन गर्ने वस्तुको बजारको अवस्था कस्तो छ भन्ने बारेमा थाहा पाउन सक्नुहुन्छ।

तपाईँलाई गर्न मन लागेको व्यवसायको बारेमा बिस्तारमा लेख्नुहोस, अनि सम्बन्धित व्यवसाय गरिरहेका अथवा त्यो सम्बन्धी राम्रो ज्ञान भएका व्यक्तिहरूलाई बताउनुहोस। तपाईँको योजनामा उनीहरूको प्रतिक्रिया तथा सल्लाह पनि लिन सक्नुहुन्छ।

स्रोत : यो लेख उद्यमी नेपाल टिमले विभिन्न लेख तथा अनुशन्धानहरुको अध्ययन गरी तयार परेको हो  ।

Comments

Popular posts from this blog

आध्यात्मिकताको तेस्रो आँखा

पढाइमा ध्यान केन्द्रित कसरी गर्ने सजिलाे सूत्र

आत्मा के हो ?