जीवन जिउने कला

जोकोहीले पनि जीवन आफ्नै तरिकाले बिताइरहेका हुन्छन | जीवन जिउनु मात्रै ठुलो कुरा होइन | कतिपय मानिस आफ्नो जीवनलाई बोझ मानेर दु:खपूर्ण तरिकाले बिताईरहेका हुन्छन |
यस्तो दुखित मनोविज्ञानले जीवनलाई केही कला प्रयोग गरेर सुखपूर्ण बनाउन सकिन्छ | यस्ता कलालाई हामीले आफ्नो दैनिकीमा प्रयोग गर्न सकिएमा जीवन साँचै सुखमय तरिकाले बिताउन सकिन्छ |

जीवनलाई लीलाका रुपमा स्वीकार्ने
हामी जीवनलाई एकदमै वास्तविक ठानेर बिताईरहेका हुन्छौ | जसले गर्दा हामी सानो भन्दा सानो कुरामा पनि निकै तनाव महसुस हुन्छ | जीवन जिउने क्रममा आउने हरेक परिस्थित, वातावरण सोचेजस्तै दुरुस्त पकै हुँदैन | जब हामीले सोचेजस्तो परिस्थिति बन्दैन तब दु:खी हुन् थाल्छौ | त्यसैले जीवनलाई लीलाको रुपमा स्वीकारेर बाँच्ने कलाको विकास गर्नुपर्छ | जीवनलाई ओशोले भनेजस्तै अभिनय गरेर जिउनुपर्छ |
सकारात्मक चिन्तन
खप्तड बाबाले भनेका छन्, ‘हामी जस्तो सोच्छौ त्यस्तै हुन्छौ |’ हामीले बारम्बार चिन्तन गरेजस्तै परिस्थिति आफ्नो जीवनमा निर्माण हुन् थाल्छ | त्यसैले सकेसम्म सकारात्मक चिन्तन गर्नु राम्रो हुन्छ | बिहान उठ्नेबितिकै र राति सुत्ने वेलामा सधै सकारात्मक कुरा सम्झिनुपर्छ | सो समयमा हामि जस्तो सोच्छौ त्यो सोचाई अवचेतन मनमा गएर बस्छ | त्यो अवचेतन मनले शरीरलाई प्रभावित पार्न थाल्छ |
वर्तमानमा जिउने
भुत्मा नाल्मलिनु, भविष्यको सपना नदेख्नु, मस्तिष्कलाई वर्तमानमा यकाग्र बनाउनु भन्ने भगवान बुद्धले दिएको उपदेशलाई आत्मसात गर्नुपर्छ | जुन कुरा बितिसक्यो त्यसलाई परिवर्तन गर्न सक्दैनौ | त्यस्तै, भविष्यको कुरा कसैलाई थाहा हुँदैन त्यसैले त्यसबारे सोचेर केहि अर्थ हुदैन | हामी वर्तमानमा जे गरिरहन्छौ त्यसमा नै धयान दिनुपर्छ | वर्तमानमा जिउँदा नै आनन्द आउँछ | मस्तिष्कमा अनावश्यक विचारले दु:ख दिदैन |
आत्मसात गर्ने
खुसी ठुलो औसधि हो | यसले मानिसको शारीरिक, मानसिक तथा भावनात्मक समस्यालाई निर्मुल पार्न सक्छ | आफुले भनेजस्तो भयो भने खुसी हुछौ, नभए दुखी हुछौ | यसलाई जतिसक्दो छिटो हटाउनु राम्रो हुन्छ | सुरुमा नाटकजस्तै किन नहोस बानि पर्न अभ्यास नै गर्नुपर्छ | राम्रो अभ्यासपछि यस्तो समय पनि आउंछ, हामी चाहेर पनि दुखी बन्न सक्दैनौ |
स्वस्थ रहने
शरीर स्वस्थ रहेन भने जीवनमा केही गर्न सक्दैनौ | स्वस्थ शरीर भएँ भने अहिलेको प्रतिस्पर्धात्मक जीवनमा सफल हुन् समस्या हुन्छ | त्यसैले शरीरलाई स्वस्थ बनाउन केही सामान्य कुरा गर्न सक्छौ | ति यसप्रकार छन् :
गहिरो निन्द्रा , विश्राम, व्याम, सन्तुलित भोजन, श्रम कुनै पनि कुरा कम या बढी गर्दा फाइदा हुन्छ | त्यसैले हरेक कुरा लागु गर्दा उचित हिसाबले गर्नु बुद्दीमानी हुन्छ |
सामाजिक कार्यमा संग्लन
हामी जती प्रकृतिसंग नजिक हुन्छौ त्यतिकै मात्रामा उर्जा प्राप्त हुन्छ | प्रकृतिसँग नजिक हुनु विभिन्न क्षेत्रका लामा तथा छोटा पदयात्रा गर्न सक्छौ | त्यस्तै, आधाय्तमिक कार्यमा पनि संलग्न हुनु राम्रो हुन्छ | जीवनमा आध्यात्मिक दर्शनको ठुलो महत्व हुन्छ |
दर्शनले हामीलाई निराशा, भय र दु:खबाट हटाइ आनन्दित बनाउन प्रेरणा दिन्छ | अध्यात्मले हामीलाई आत्माको खोज गर्न सहयोग गर्छ | ध्यान,योग, प्राणयामले शरीर, मन र भावनाको शुद्धीकरण गरी आत्मिक स्वास्थ प्रधान गर्छ |
Source: online suchana

Comments

Popular posts from this blog

आध्यात्मिकताको तेस्रो आँखा

पढाइमा ध्यान केन्द्रित कसरी गर्ने सजिलाे सूत्र

आत्मा के हो ?