बिच्चलित मनलाई देवालयमा ल्याउनको लागि प्राणायाम गरौं ।


बाहिरी आँखाले अति सुन्दर देखिने नाक भित्रि आँखाबाट फोहर अथवा कचेराहरुको पाईप देख्न पुगिन्छ । वाहिरी आँखाबाट फूल जस्तो देखिने यो शरीर जव हामी भित्रि आखाबाट हेर्न थाल्दछौं त मल, मूत्रको भण्डार देख्न थाल्दछौं । त्यसैले सुन्दर ताको प्यासले चरित्र र नैतिकतालाई विर्सदै मल, मूत्रको झरनामा स्नान गर्न पुग्दछ । आनो प्रिय धर्मपत्नी अथवा प्रिय पतिदेवलाई चट्क्क विर्सिएर मन अरु प्रति लैजानुलाई बेश्यालय भनिन्छ भने मनवाट कूविचारहरु हटाउना साथ स्वयं देवालय वन्न पुग्दछ । स्वयंलाई देवालय वनाउने उपचार विधिको नाम नै योग प्राणायम र ध्यान हो । यो वाहे क अरु कुनैपनि उपचार विधि कहिल्यै पनि हुन सक्दैन किनकी कुनैपनि बम, वारुद अथवा के मिकल औषधीले मनलाई पवित्र वनाउनै सक्दैन । मनलाई पवित्र वनाउने एउटै मात्र वैज्ञानिक उपचार हो ध्यान । न्यूटन, डार्विन, शोध, हिपो क्रेटस्, बटन रसन जस्ता विज्ञानका पिताहरु एवं औषधी शास्त्रका पिताहरुले पनि ध्यान कै माध्यमबाट मनको पार अथवा सांक्षी भाव प्रकट गरेका छन् । शरीरमा रहेपनि शरीर भन्दा वाहिर हुन पुगिन्छ । यही नै अमृतको अनुवोध गर्ने तरिका हो । कूभावहरुमा गइरहने मनलाई देवालयमा ल्याउनको लागि हाम्रो इच्छा शक्ति र कर्म शक्तिलाई ज्ञानशक्तिमा ल्याउनै पर्दछ । ज्ञानशक्तिले हाम्रो जीवन महाजीवन वनाउन पुग्दछ, मृत्यु समाधी वन्दछ । पदार्थमा परमात्मा झल्कीन थाल्दछ, छुद्र भन्दा छुद्र जीव पनि विराट देखिन थाल्दछ । ज्ञानशक्तिवाट वाचिएको जिवन नै जीवन हो वाकी सव भड्काव मात्र हो । ज्ञानशक्ति नै मनोरोगको दवाइ हो, निश्चिन्त जीवनको ग्यारेन्टी हो र जीवनको प्रेरणा हो । जीवनकास मस्याहरुको समाधान हो, जीवनको आनन्द हो र जीवनको सार हो ।
शोधन प्राणायाम
आफूलाई उपयुक्त हुने कुनै एक आसनमा वसि ढाडछात्ति र गर्धन सिधा वनाउने । एक पटक दुवै नाकको प्वालहरुवाट लामो श्वास भर्ने र छोड्ने । दाहिने हातको वुढी औलाले दाहिने नाकको प्वाल वन्द गर्दै देव्रे नाकको प्वालवाट लामोसग श्वास भर्ने र त्यो श्वासलाई ५, ६ सेकेण्ड भित्रै रोक्ने र दाहिने हातकै वीचका दुई औलाहरुले देव्रे नाकको प्वाल वन्द गर्दै मुखवाट लामोसँग श्वास फाल्ने । श्वास फाल्दा ध्यान दिनु पर्ने कुरा जुन शक्तिमा श्वास भरिएको थियो त्यही शक्तिले श्वास फाल्ने, श्वास भर्न जति समय लागेको थियो त्यही नै समय लगाएर मुखवाट श्वास फाल्ने । जव श्वास फालिन्छ तव ५, ६ सेकेण्ड श्वास नलिने । फेरी यसरी नै दाहिने नाकको प्वालबाट श्वास लिने ५, ६ सेकेण्ड रोक्ने तव मुखबाट छोड्ने । र छोडेपछि पनि ५, ६ सेकेण्ड श्वास नभर्ने फेरी देव्रे नाकको प्वालवाट लिने मुखबाट छोड्न, दाहिने नाकको प्वालवाट लिने मुखवाट छोड्ने । यही कार्य निरन्तर ५, ६ मिनेटसम्म गरिरहने । थकाई लागेमा वीच, वीचमा आराम गर्दै यही क्रिया गरिरहने जसलाई शोधन प्राणायाम भनिन्छ ।
सावधानीः
मुटु, फोक्सो र दिमाग सम्वन्धी विरामीहरुले बल पूर्वक श्वासप्रश्वास नरोक्ने ।
फाइदाहरुः
हाम्रो तालु देखि पैतलासम्मका सम्पूर्ण तन्तु वलिया हुन्छन् र मरिसकेका तन्तुले पुनः जीवन पाउँदछन ।
मुटुफोक्सोकलेजो र दिमाग पूर्णरुपमा स्वस्थ र वलियो हुन्छ ।
शरीर भित्रका सारा ब्लकेजहरु खुल्दछन् र रगत शुद्ध हुन्छ ।
नाक, कान, छाला, आखा र घाटीका समस्याहरु ठिक हुन्छन् । श्वास गनाउने रोग ठीक हुन्छ ।
मूत्र रोग, धातु रोग, पित्त रोग, दमको रोग, कफ टन्सिल आदि रोगहरु ठिक हुन्छन् ।
विचारहरु सकारात्मक हुन थाल्दछन् ।
आनन्द, उत्साह र निर्भय प्राप्त हुन थाल्दछ ।
शारीरिक, मानसिक र मृत्युको रोगहरुबाट मुक्ति पाइन्छ ।
हाम्रा विचारहरुवाट सारा दुःखहरु समाप्त हुन्छन् र सांक्षीको भाव प्रकट हुन्छ ।
यस्तै ज्ञान अज्ञानका सारा रोगहरु समाप्त हुन्छन् भने नयाँ रोगहरुले आक्रमण गर्न सक्दैनन् ।
ब्र≈माण्डको विकास प्रक्रियाः
शुरुमा ध्वनी थियो । ध्वनी नै परमात्मा थियो यही सत्य सर्वमान्य छ यसलाई कसैले नकार्न सक्दैन किनकी भित्रवाहिर एवं सर्वत्र ध्वनी नै ध्वनी छ । यही ध्वनीको विस्तार आकाश हो । आकाशको विस्तार विभिन्न ग्यासहरु हो भने ग्यासहरुको विस्तार अग्नि हो । अग्निको विस्तार विभिन्न ग्रहउप ग्रहहरु हुन । भने विभिन्न ग्रहउपग्रहहरुको विस्तार जल हो यसरी पञ्च तत्वको विकास भएको छ । यही जलवाट वनस्पतिको विकास भएको छ वनस्पतिवाट विभिन्न आहारहरु वनेका छन् ती आहारहरुबाट क्रमशः कीरा, चरा, पशु हुदै मानवको सुष्टि भएको छ । जव जीव स्थल शरीरवाट अन्त हुन्छ तव सूक्ष्म शरीर अथवा भाव शरीरको मार्फत योनी तत्वहरुको माध्यम हुदै पुन ध्वनीमा एकाकार हुन्छ र आफ्नो कर्मको फल अनुसार पुन स्थुल शरीरमा प्रवेश गर्दछ र यही प्रकृया निरन्तर चालिनै रहन्छ । किनकी मानव शरीर परमात्माको प्रिय घर हो, सुन्दर मन्दिर हो । सांसारीक अवसरहरुवाट भाग्न सकिंदैन किनकी तिनीहरु त जीवनभर नै आइ नै र हन्छन् त्यसकारण ती अवसरहरु डुब्ने होइन तिनीहरुमा त पौड्नु पर्दछउर्तीनु पर्दछ पार हुनु पर्दछ । यसलाई जान्न थालेपछि त्यसवाट मुक्त हुन पुगिन्छ । ॐ नम शिवाय !!!
लेखक :- उत्तमराज पण्डित

Comments

Popular posts from this blog

आध्यात्मिकताको तेस्रो आँखा

पढाइमा ध्यान केन्द्रित कसरी गर्ने सजिलाे सूत्र

आत्मा के हो ?