दृढ इच्छा शक्ति हुनुपर्छ, अवरोध आफैं हटेर जान्छ : धीरज राई
मानिस कसरी सफल हुन्छ ? उसले कुन समयमा के कस्ता निर्णय गर्दा सफलता हात पार्यो ? कस्ता संघर्ष र साधनाले सफल बनायो ? सफल व्यक्तिबाट समाजले के सिक्ने ? के विद्यार्थीको करिअर निर्माणमा सफल व्यक्तिको जीवनी प्रेरणादायी बन्न सक्छ ? यस्ता जिज्ञसालाई समेटेर शिलापत्रले विभिन्न व्यक्तित्वसँग निरन्तर संवाद गर्नेछ । आजको शृंखलामा चर्चित गायक धीरज राई छन् ।
.........................................................................................................................
धीरज राई नेपाली पप तथा रक स्टार गायक हुन् । अब उनको परिचय यतिमा मात्रै सीमित छैन । उनले गायनबाट पाएकाे अवसरलाई ‘बुद्धको प्रचार’मा सदुपयोग गरिरहेका छन् र उनले ‘बुद्ध प्रचारक’को पहिचान पनि बनाएका छन् । ‘भगवान् गौतम बृद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने अभियानका अभियन्ता पनि हुन् धीरज । उनले विश्वको धेरै देशमा पुगेर बुद्धबारे प्रचार गरिरहेका छन् ।
खोटाङमा जन्मिएर काठमाडौं छिरेका धीरज इन्जिनियरिङका विद्यार्थी हुन् । उनले काठमाडौंमा ठूलो संघर्ष गरेका छन् । पढाइमा अब्बल हुँदाहुँदै उनी गायनमा लागे । त्यतिबेला कलाकारिता गरेर बाँच्न गार्हो छ भनिने समयमा उनले ‘रिस्क’ लिए र सफल भए । मान्छेसँग दृढ इच्छाशक्ति भए कुनै पनि क्षेत्रमा सफल हुन कोही कसैले रोक्न नसक्ने मान्यता राख्छन्, उनी ।
विस्तृतमा हेर्नुहोस्, शिलापत्रका लागि धीरज राईसँग प्रदीप बस्नेतले गरेको कुराकानी ।
Comments
Post a Comment