इच्छा शक्ति
ओम बानियाँ चर्चित हिन्दी फिल्म तारे जमिन परमा एक दृश्य छ, जसमा अभिनेता आमिर खान भन्छन्, ‘सोलोमन आइल्यान्डका आदिवासीहरूले रूख काट्दैनन् । उनीहरू रूखको वरिपरि एककठ्ठा भएर घण्टौंसम्म रूखलाई तथानाम गाली गर्छन् । खुब गाली गर्छन् । केही सातापछि रूख सुखेर आफैं ढल्छ । धेरैलाई यो कुरा सायदै विश्वास लाग्ला । प्रत्यक्ष देख्ने आममानिसले यसलाई दैविक चमत्कार भन्ने गर्छन् । तर, यो कुरा सही र प्रमाणिक हो । यस सम्बन्धमा अनेक विद्वान्हरूको आआफ्नो तर्क छ । तर, वैज्ञानिक डा. ब्रुस लिप्टनको अनुसार यो कुनै चमत्कार नभएर मानव मनको शक्ति कमाल हो । हुन पनि हो, मानिसको मनमा असीमित शक्ति छ । तीन त्रिभुवन हल्लाउने शक्ति छ । खा“चो छ त सिर्फ यसको सदुपयोगको । मनको शक्ति मन र मस्तिष्क अलग अलग अंगहरू हुन् । मन मस्तिष्क जस्तो दृश्य छैन, अदृश्य छ । वास्तवमा मस्तिष्क हार्डवेयर हो भने मन सफ्टवेयर हो । मनको तीन स्तर हुन्छ । चेतन, अवचेतन र अचेतन अवस्था । यो वर्गीकरणको कुनै भौतिक आधार छैन । यो एक मनोवैज्ञानिक अवधारणा हो । चेतन मनको शक्ति १० प्रतिशतभन्दा कम छ, जब कि अवचेतन मनको शक्ति ९० प्रतिशत भन्दा बढी । तर, ...