सर्वशक्तिवान विचार र कल्पना


जसरी बाँच्नको लागि हावा, पानि आदिको आवश्यकता छ, त्यसरी नै सफल जीवनको लागि लक्ष्य निर्धारणको आवश्यकता छ । आजको सूचना प्रविधिको युगसम्म जे जति सफलताका उपलब्धिहरूको फड्को मारिएको छ यो सबै व्यक्तिहरूको उद्देश्य र लक्ष्यको प्रतिफल हो ।

सफल व्यक्तिहरूलाई थाहा थियो कि म के ? कसरी ? कहिलेसम्म गर्दैछु ? त्यसै अनुरूप उनीहरूले कार्य गर्दै जाँदा त्यो अद्भूत सफलता प्राप्त गरेका थिए । के हामीले पनि आफ्नो जीवनको लक्ष्य निर्धारण गरेका छाँै त ? अहँ पक्कै पनि छैनौँ । हाम्रो मुख्य समस्या भनेको हामीले स–साना कामको लक्ष्य बनाउछौँ जस्तो कि घुम्न जाने, कपडा किन्ने, पिकनिक जाने र विवाह गर्ने इत्यादि तर विडम्बना आफ्नो सफल जीवनको लागि त्यस्ता योजना बनाउँदैनौँ के बन्ने र कहिलेसम्म बन्ने ।

यतिसम्मकी अबको पाँच वर्ष भित्र के बन्छु र के गर्छु भन्ने कुरा नै हामि अनभिज्ञ छाँै । लक्ष्यविना सफलता प्राप्ति गर्न सकिँदैन । तपाईं एक बस पार्कमा जानुभयो र बसमा चढ्नु भयो र पछि त्यस बसका खलासीले ‘ए दाइ तपाईं कहाँसम्म जाने हो ?’ भन्यो । तपाइँले भन्नुभयो–‘थाहा छैन, जता गए पनि हुन्छ।’ हो यस्तै घटना जीवनमा हामीले बनाइरहेका छौँ । लक्ष्य निर्धारण नगरिकोले नैे हामीले जीवनमा आफूले चाहेका सफलता प्राप्त गर्न सकिरहेका छैनौँ । हाम्रो सोच, ध्यान विकेन्द्रित भइरहेका छन् । केन्द्रीकरण गर्नु नै लक्ष्य निर्धारण हो र लक्ष्य विराट हुन जरूरी छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्–‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।’

अधिकांश मानिसलाई लक्ष्य निर्धारण कसरी गर्ने ? भन्ने नै थाह छैन । लक्ष्य निर्धारणले काम गर्ने जाँगरमा कसरी वृद्धि गर्छ ? भन्ने मनोवैज्ञानिक पाटो थाहा नभएर पनि मानिसहरू लक्ष्य निर्धारण गर्न सक्दैनन् । अनुसन्धानले के बताउँदछ भने संसारमा करिब ५ प्रतिशत मानिस मात्रै सफल व्यक्तिको दर्जामा पर्दछन् । उनीहरू अन्य कुनै महान शिक्षा तथा विशेष क्षेत्रले सफल भएका होइनन्, उनीहरू पनि साधारण मानिस नै थिए तर फरक के थियो भने उनीहरूको लक्ष्य थियो ।

सानदार जीवन बनाउने लक्ष्य, अर्थपूर्ण जीवन जिउने, समृद्ध जीवन जिउने लक्ष्य जसका ज्वलन्त उदाहरण हुन् बिल गेट्स, स्टिभ जब्स, मार्क जुकरबर्ग आदि । मानिसले आफ्नो लक्ष्य निर्धारण किन गर्दैनन् भन्ने विषयमा अमेरिकामा गरिएको अनुसन्धानबाट तिन सरल कारणहरू प्रमुख देखियो । ति हुन् डर, आत्म सम्मान, अनविज्ञता–अज्ञानता । त्यसैले, अधिकांश ९५ प्रतिशत मानिस लक्ष्य निर्धारणविना नै बाँच्न बाध्य भइरहेका छन् ।

लक्ष्य, अवचेतन मन र कल्पना
मानिसका दुई किसिमका मन हुन्छन्, एक चेतन मन र अर्को अवचेतन मन । चेतन मन त्यस्तो मन हो जसमा स्वीकृत र अस्वीकृत दुवै भावना हुन्छन् र यसले कुनै पनि कुरा स्विकार्न र नकार्न सक्छ । अवचेतन मनले के यथार्थ के कल्पना भन्ने बीच फरक छुट्याउन सक्दैन, दुवैलाई यथार्थ मान्दछ । हाम्रो मस्तिस्क को दुई भागमध्ये दायाँ भाग अवचेतन मन र बायाँ भाग चेतन मन हुन् । यी दुई भिन्न भिन्न गोलार्धका छुट्टा छुट्टै विशेषता र क्षमता छन् भन्ने कुरा नोबेल पुरस्कार विजेता अमेरिकी न्युरोलोजिस्ट डा. रोजर स्पेरोले पत्ता लगाएका हुन् । उनका अनुसार दायाँ भाग काल भाव प्रधान हुन्छन् भने बायाँ भाग तर्क भाव प्रधान हुन्छन् ।

काला भाव प्रधान मस्तिस्कले पुरा मस्तिस्कको ९० प्रतिशत शक्ति ओगटेर बसेको हुन्छ भने १० प्रतिशत भाग मात्रै शक्ति चेतन मनले ओगटेको हुन्छ । तसर्थ, हामीले हाम्रो लक्ष्य अवचेतन मन यानी काल भाव प्रधान मस्तिस्कमा स्वीकृत गराएमा स्वतः हाम्रो लक्ष्य पूरा हुने कुरा विभिन्न सफलता शास्त्रविद वैज्ञानिक हरू बताउँदछन् । चेतन मन एक जहाज हो भने पाइलट तपार्इंको अवचेतन मन हो । जहाज जति ठूलो र धेरै मानिस बोक्ने भए पनि जहाजको अवतरण पाइलटको क्षमतामा भर पर्छ । त्यस्तै लक्ष्य पनि सफल रहने कुरा हाम्रो अवचेतन मनमा भर पर्छ । बिना लक्ष्य सफल नहुनुको कारण अवचेतन मनमा लक्ष्य समर्पित नहुनु हो । किनकि हाम्रो मस्तिस्कनै लक्ष्य भेदी यन्त्र हो, यसले जे लक्ष्य दिएको हो त्यसै अनुरूप रात दिन कार्य गर्न थाल्छ, सफलता शास्त्री वैज्ञानिकहरू बताउँदछन् ।

अब तपार्इंले थाहा पाई सक्नुभएको छ कि सफलताको लागि लक्ष्य निर्धारणले कसरी काम गर्दछ । ल ठोकुवा गर्नुस् अबको पाँच वर्षभित्र तपाईं कस्तो मान्छे बन्न चाहनु भएको, ठोक्नुस् लक्ष्य निर्धारण र यो लक्ष्यलाई विश्वास गरी डायरीमा लेख्नुस् अनि त्यो लक्ष्यलाई कल्पनामा उतार्नुस् सफल भइसकेको । अनि दिनमा दुईपटक बिहान र बेलुका सुत्नु भन्दा अगाडी । यसो गर्दा कल्पना शक्तिले त्यस लक्ष्यलाई पूरा गर्न चाहिने आत्म विश्वास, साहस सम्बन्धित केमिकल उत्पादन गराउँछ, किनकि हाम्रो अवचेतन मनले सत्य र कल्पनामा गरेको कुराबीच फरक छुट्याउन सक्दैन त्यसैले त्यो केमिकल उत्पादनले हाम्रो लक्ष्य पूरा गर्न ठुलो मद्दत गर्दछ, जस्तो हामीले कागती खाएको कल्पना गर्दा मुखमा अमिलो रस आउँछ, तर यथार्थमा हामीले कागती खाएको हुँदैन, त्यसैले आफ्नो लक्ष्यलाई बारम्बार कल्पनामा उतार्नु आवश्यक छ, सफल महान ब्यक्तिहरूले कल्पना शक्तिमा टेकी ठूलो सफलता प्राप्त गरेका धेरै उदाहरणहरू छन् । वैज्ञानिकका पिता मानिने अल्बर्ट आइन्स्टाइनले भनेका छन् ‘Imagination is more powerful than knowledge’ । यसरी आफ्नो लक्ष्यलाई कल्पना र दिनको दुई पटक लेखेर मूर्तरूप दिँदा यो सिधै अवचेतन मनमा बस्छ र अवचेतन मनको शक्तिले क्रमशः सफलतातिर उन्मुख गराउँदै लैजान्छन् ।

जोन गोडार्डले एक कार्यक्रममा सुनेकि जे–जे लक्ष्य लेखेर राखिन्छ त्यो एक न एक दिन अवश्य पूरा हुन्छ । उनले यो शब्द सुन्ने वित्तिकै आफ्नो डायरीमा खरखर्ती १२७ वटा आफूले जीवनमा चाहेका र गर्न चाहेका लक्ष्य लेखे । त्यति मात्र गरेनन् उनले ठूलो साइजको कागजमा लेखेर आफ्नो घरको भित्तामा टाँसे, दैनिक देखिने गरी, अहिले उनि बुढेसकालमा जीवन यापन गरिरहेका छन् । अचम्मको कुरा उनले १०९ वटा लक्ष्य पूरा गरि सकेका छन् । यो भन्दा पनि अचम्मको कुरा त के छ भने उनी कयौंँदुर्घटनाबाट बाँच्न सफल भए, जहाज दुर्घटनाबाट पनि बाँचे, गोहीको मुखबाट पनि बाँच्न सफल भए ।

यसको मतलब आफ्नो लक्ष्य पुरा नहुन्जेल कालले पनि जित्न सक्दैन भन्ने उदाहरण जोन गोडार्ड बाहेक अरू कसले दिन सक्ला र ? अब के हामी पनि जोन गोडार्डले झैँ १२७ वटा लक्ष्य नलेख्ने त ? यस्तै एक ज्वलन्त अमेरिकाका नै सक्सेस कोच, मोटिभेसनल स्पिकर राइटर ज्याक क्यानफिल्ड ले पनि आफू ४५ वर्षको उमेरमा आएर जीवनको लक्ष्य निर्धारण गरेको कुरा बताउनुहुन्छ, उनले यो उमेरमा १०१ वटा लक्ष्य लेखेका थिए याद रहोस् उनका अन्तर्राष्ट्रिय बेस्ट सेलिङ बुक ‘किचन सुप फोर द सोल’ भन्ने पुस्तक पनि उनकै लक्ष्यभित्र थिए र अहिले ७० बर्षको उमेरमा आइपुग्दा ९७ वटा लक्ष्य पूरा भएको कुरा आफ्नो एचयनचबm र धभदकष्तभ मा बताउनु भएको छ । र यस्तै अर्को त्भअजलययिनथ का जिजस, आइन्स्टाइन पछिका महान व्यक्ति त्यो स्टिभ जब्स कै कुरा गरौँ उनि युवा अवस्थामा कुलतमा फसेका व्यक्ति थिए र घरबाट अपहेलित छोरा थिए ।

पछि उनले जीवनमा केही गर्ने भन्ने संकल्प गरे त्यो समयमा घर घरमा कम्प्युटर भन्ने लक्ष्यमा काम गर्न थाले । अन्तत ब्उउभि को जन्म भयो । हेर्नुस् लक्ष्यको कमाल । त्यसैले लक्ष्य निर्धारण गर्ने कुनै उमेरले पनि नरोक्ने कुरा सर्वशक्ति छ, एउटा भनाइ नै छ, ‘जब जागे तब सेर’ । बास्तवमा तपाई के बन्न चाहनु हुन्छ ? के गर्न चाहनु हुन्छ ? कुनै सफल कुशल व्यक्ति ? या कुनै सफल कुशल डिजाइनर सफल, लेखक, सफल गायक, सफल चित्रकार, सफल संगीतकार, सफल राजनेता, वा कुनै व्यापारी । संसारमा ६००० वटा प्रोफेसन छन् । जुनसुकै प्रोफेसनमा गए पनि भविष्य उज्जल छ, वस आफ्नो प्रकृतिअनुसार लक्ष्य निर्धारण गर्नुस् तपाईलाई कुनै परिस्थितिले रोक्न सक्दैन सिवाय तपाई स्वयम् । जोन गोडार्ड र ज्याक क्यानफिल्ड ले झैँ तपाईँ पनि आजै आफ्नो डायरीमा आफ्नो लक्ष्य लेख्नुहोस, पढ्नुहोस, आफ्नो कल्पनामा उतार्नुहोस, अनि आफ्नो काममा लाग्नुहोस् १०० प्रतिशत तपाईँ आफ्नो लक्ष्यमा पुग्नुहुन्छ,

सन्तोष लामा, मोटिभेसनल स्पिकर, लाइफ कोच

Comments

Popular posts from this blog

आध्यात्मिकताको तेस्रो आँखा

पढाइमा ध्यान केन्द्रित कसरी गर्ने सजिलाे सूत्र

आत्मा के हो ?