Posts

Showing posts from August, 2020

आत्मा के हो ?

 ओ३म्..  अध्यात्मवाद आत्मा के हो र परमात्मा के हो?  अनेकौं  दर्शन   शास्त्र  र  धर्म   शास्त्र हरू अनुसार  आत्मा   जीवन को एउटा अंग हो।  मानव   प्राणी  जुन  अलौकिक  छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन।  विज्ञान ले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन।  मृत्यु  पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौं मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै  नास्तिक हरू भन्छन् आत्मा जस्तो कुनै वस्तु छैन, र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो। तर ऋषिहरु र योगीहरुले आत्माबारे आफुले योग गरेर जानेको र योबारे जानेपछि मृत्युको भयबाट मुक्त भएको भन्ने दाबी गर्ने गरेका छन । यी दुवैको आपसमा सबन्ध के छ?   आत्मा के हो, परमात्मा के हो र यी दुवैको आपसमा सबन्ध के छ? यहि विषयको नाम अध्यात्मवाद हो। आत्मा र परमात्मा दुवै भौतिक पदार्थ हैनन्। यिनलाई आँखले देख्न सकिदैन, कानले सुन्न सकिन्न, नाकले सुँघ्न सकिन्न, जिब्राले चाख्न सकिन...

रूपान्तरणका लागि योग

  योगः कर्मस कौशलम् अर्थात् योगबाट मात्रै कर्ममा कशलता आउँछ। कर्म गरिन्छ तर योग छट्छ भने त्यहाँ कशलता हँदैन। यसको गहन अर्थ हो- योग भनेको होसपूर्ण हन हो। जे कर्म गरिन्छ त्यससँग जोडिन, त्यसप्रति होस कायम राख्न हो। योगविनाको काम बेहोसीको काम बन्न जान्छ। प्रत्येक वर्ष जन २१ लाई विश्व योग दिवसका रूपमा मानिन्छ। नेपाल त्यसै पनि योगभूमि हो। हिजोआज योग नसन्ने, योगको अभ्यास नगर्ने र योगबारेमा नजान्ने मानिस कमै भेटिन्छ, तर योगको वास्तविक मर्म के हो र जीवनमा शारीरिक व्यायामका रूपमा योग मात्र गर्ने होइन कि जीवनलाई नै योगमय कसरी बनाउने त्यो वास्तविकता र व्यावहारिकता बुझ्नेको भने कमी नै छ। जीवनमा अझै पाउन पर्ने थप्रै करा बाँकी रहेको, जीवन अझै संघर्षमै गज्रिरहेको र अरूले जति आफूले सफलता हासिल नगरिसकेको गनासोले भरिएको पाइन्छ। मानिस बहिर्मखी मात्रै हने, पाएको सफलता र सन्दर जीवन, सन्दर परिवार, आफू र आफ्नो परिवारलाई जाउलो खान पग्ने नोकरी र कमाइ, मेहनतअनसारको शिक्षा, पद, गाडी, बंगला आदि जति पनि भौतिक सफलता छन्, त्यसप्रति चित्त नबझ्ने र जीवननै अभाव र अपूर्णतामा बितिरहेको अनभव सनाउनेको कमी हँदैन। हामी यत...

कपालभाती प्राणायाम जीवनको साथी

 धेरै पहिलादेखि नै श्वास प्रश्वासका तरिका अपनाई पूरा शरीर स्वस्थ राख्ने प्रयास मानिसले गर्दै आएका हुन् । यसलाई सुरुमा योगको दृष्टिले हेर्दा यौगिक श्वास प्रश्वास भनिन्थ्यो । यही क्रममा कपालभाती जस्तो अत्यन्तै महत्त्वपूर्ण प्राणायाम पनि अस्तित्वमा आएको हो । विधिपूर्वक कपालभाती प्राणायाम नियमित रूपमा गर्ने हो भने राम्रा परिणाम छोटो समयमा नै देख्न सकिन्छ । सबै किसिमका श्वास प्रश्वास वा प्राणायामका विधिमध्ये कपालभातीलाई शरीर स्वस्थ र पवित्र राख्ने विधि भनिन्छ । कपाल भनेको खप्पर वा टाउको, भाँती भनेको चमक  र प्राणायाम भनेको श्वास प्रश्वासको विधि हो ।  कपालभातीलाई आभा मण्डलमा चमक ल्याउने श्वासप्रश्वासको तरिका पनि भनिन्छ । यसको अर्थ नियमित रूपमा यस्तो अभ्यास गर्नाले टाउकाको भागमा चमक आउनु, आभामण्डल उज्यालो हुनु वा बुद्धि प्राप्त गर्नु भन्ने बुझिन्छ । अनुहारको छाला, कपाल र मस्तिष्क चमकदार, सुन्दर तथा स्वस्थ बनाउनु भन्ने लाग्छ । कपालभातीमा सामान्य अभ्यासले निकै प्रभावकारी फाइदा दिन्छ । यो एउटा सत क्रिया प्रविधि हो, जसले शरीरको दूषित हावा बाहिर निकाल्छ र शरीरको शुद्धीकरण गर्छ । यो प्...

प्राणायाममा जीवनलाई देख्न, शून्यमा निवास गर्न, नादमा विश्राम लिन ध्यान गर्ने हो कि ?

  राेजी रोटीको लागि पशु पंक्षीले पनि कर्म गर्दछन् । उनीहरूले पनि सन्तान जन्माउने आफ्ना सन्तानहरूलाई प्रेम गर्ने, हुर्काउने आदि कार्यहरू गर्दछन् । उनीहरूले पनि आ–आफ्नो बासको व्यवस्था गर्दछन् । उनीहरूको पनि आ–आफ्नो समाज छ जस्तै भेडा सँगै रमाउँछ, काग कागसँगै रमाउँदछ आदि । मानवमा हुने धेरैजसो गुणहरू पशु–पंक्षीमा पाइन्छ त्यसैले त अधिकाश मानवहरू पशुपंक्षी जस्तै हुन्छन् । पशु पंक्षी र मानवमा केबल एउटा गुणको फरक छ । त्यो गुण हो ‘होस’ को अवस्था । मानवले होसलाई अनुभव गरेर स्मरण गरिराख्न सक्दछ भने पशुपंक्षीले होसको शक्तिलाई स्मरण गरिराख्न सक्दैन । यही होसको शक्तिलाई स्मरण गरिराख्न नसक्नाको कारण नै उसले केही समयपछि आफ्ना माता पिता बच्चा बच्ची सबलाई विर्सिन्छ । जव मानव बेहोस हुन पुग्दछ तव ऊ मृत्युलाई विर्सदै कु–विचार र कु–इच्छाको दलदलमा फँसी पशुपंक्षीहरू भन्दापनि निकै तल गिर्न पुग्दछ र स्वयं आफू, समाज र राष्ट्रलाई समेत विगार्न थाल्दछ । बेहोसले हाम्रो मनुष्य जीवन किन भएको हो भन्ने कुरालाई नै विर्साइ दिन्छ । र हामी केवल तछाड मछाडको भागदौडमा मात्र केन्द्रित हुन पुग्दछौं । जसबाट केवल मृगतृष्णा बाहे...

ध्यान के हो ? यस्ता छन् विधीहरु

  भनिन्छ, बाहिरी सत्रुसँग लड्न सकिन्छ, आफैसँग लड्न कठिन हुन्छ । हामी आफैभित्रको विकारसँग लड्न सक्दैनौं । हामीलाई आफैभित्रको विकार तत्वसँग जुध्न र त्यसलाई परास्त गर्न मुश्किल हुन्छ । मनभित्रको औडाह, वेचैनी, भय, चिन्ता, उदासीसँग कतिपय भाग्ने चेष्टा गर्छन् । तर, भागेर कहाँ जाने रु भाग्नु कुनै समस्याको समाधान होइन । आफैभित्रको यी विकारसँग हामी लड्ने, जुध्ने भन्दा पनि व्यवस्थापन गर्ने विधी सर्वोत्तम हो । त्यही विधी हो, ध्यान । ध्यान विधी ध्यानले हामीलाई दुई प्रकारले मद्दत गर्छ । यसले हामीलाई मानसिक रुपमा शान्त राख्छ । त्यसबाहेक, ध्यानले हामीलाई त्यो अवस्थामा पुर्‍याउँछ जहाँ भगवानको माया र परमानन्दको प्राप्ति हुन्छ । ध्यानको समयमा हाम्रो सांसारिक समस्या ज्यूँको त्यूँ रहन्छ । तर ध्यानको माध्यमद्वारा हामी भागवानको याद र त्यसको आनन्दमा यति धेरै मस्त हुन्छौ कि हामीलाई आफ्नो समस्या र दुखपिडाको बारेमा कुनै आभाष हुँदैन । सांसारिक तनाव तथा दवावका बावजुद पनि हाम्रो विचार, सोच्ने शक्ति तथा भावनामा सन्तुलन कायम हुन्छ । तनावलाई सजिलै नियन्त्रण गर्न सक्दछौ । यसरी ध्यानको माध्यमद्धारा जिन्दगी जिउने त्...

ध्यान के हो?

Image
  ध्यान कल्याणकारी मानसिक अवस्था विकास गर्ने पद्धति हो। यसमा हामी बारम्बार मनलाई एक निश्चित स्थितिमा पुर्याउने अभ्यास गर्छौं ताकि त्यो अवस्था हाम्रो स्वभाव बनोस्। शारीरिक स्तरमा ध्यानको अभ्यासले नयाँ स्नायुपथहरूको विकास भएको पाइएको छ। ध्यानका फाइदा ध्यानको माध्यमबाट हामी मनमा विभिन्न कल्याणकारी अवस्थाहरुको विकास गर्न सक्छौं। जस्तैः तनावबाट मुक्ति र थकानबाट राहत एकाग्र हुनसक्ने क्षमताको विकास र बेचैनीमा कमी चित्त शान्ति, निरन्तरको चिन्ताहरूबाट मुक्ति आफू र आफ्नो जीवन तथा अरुको बारेमा राम्रो सुझबुझ प्रेम र करुणा जस्ता सकारात्मक मनोभावमा वृद्धि हामीमध्ये अधिकांश आफ्नो चित्त शान्त, निर्मल र अझ प्रसन्न होस् भन्ने चाहन्छौं। यदि हामी तनावमा छौं या हाम्रो मनोदशा नकारात्मक छ भने हामीलाई दुःख हुन्छ। हाम्रो स्वास्थ्यमा यसको प्रतिकूल असर पर्छ। यसले हाम्रो पेशा, पारिवारिक जीवन र मित्रताका सम्बन्धहरू नष्ट गर्न सक्छ। जीवनका तनावहरू र सानोसानो कुरामा रिस उठ्ने स्वभावबाट आजित भएर हामी त्यसबाट मुक्त हुन ध्यान साधनाजस्ता उपायको खोजी गरिरहेका हुन्छौं। हुनपनि ध्यानले हामीलाई संवेगात्मक कमीकमजोरीबाट मुक...

ध्यान के हो ? कसरी गर्ने ?

Image
  ध्यान यस युगको बहुचर्चित शब्द हो । यस सम्बन्धी मानिसहरुका आ–आफ्ना धारणाहरु छन् । विभिन्न खाले धर्म सम्प्रदायहरुले पनि आ–आफ्नो मान्यता, सिद्धान्त, विश्वास अनुसार ध्यानको परिभाषा गर्ने गरेका छन् । एक ध्यान केन्द्र या सम्प्रदायले अर्को ध्यान केन्द्रको विरोध गरिरहेको र आफ्नो ध्यान लाई मात्र ध्यान र अन्यको ध्यानलाई हिन, कमसल, नादान इत्यादि भन्ने गरेको पनि पाइन्छ । यस्ता केन्द सयौंको संख्यामा भेटिन्छन् । कसैले ध्यानलाई आफ्ना इष्टदेवको स्मरणको रुपमा परिभाषित गर्छन् भने कसैले अन्य प्रतिकमा एकाग्रता अभ्यास गर्ने कुरालाई जोड दिन्छन् । कसैले नृत्यलाई ध्यान भनेका छन् भने कसैले मूर्ति वा फोटो अगाडि धुप बाली सघन मनका साथ बस्नुलाई ध्यान भनेका छन् । ध्यान सम्बन्धी यति धेरै मान्यताहरु देखा परेको स्थितिमा एक साधारण व्यक्तिले यो घन चक्करलाई कसरी बुझ्ने ? ध्यान केलाई भन्ने ? ध्यानका लाभहरु क्सरी प्राप्त गर्ने ? कुन ठाउँ गएर ध्यान गर्ने ? उपाय के होला ? यो अहं प्रश्न छ । खाँचो वैज्ञानिक परिभाषाको आचार्यश्री पथिक भन्नु हुन्छ “जब कुनै दर्शन, अध्यात्म, राजनीतिक ज्ञान, अर्थशास्त्र या कुनै पनि विद्या या क...