आत्मा के हो ?
ओ३म्.. अध्यात्मवाद आत्मा के हो र परमात्मा के हो? अनेकौं दर्शन शास्त्र र धर्म शास्त्र हरू अनुसार आत्मा जीवन को एउटा अंग हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञान ले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौं मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै नास्तिक हरू भन्छन् आत्मा जस्तो कुनै वस्तु छैन, र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो। तर ऋषिहरु र योगीहरुले आत्माबारे आफुले योग गरेर जानेको र योबारे जानेपछि मृत्युको भयबाट मुक्त भएको भन्ने दाबी गर्ने गरेका छन । यी दुवैको आपसमा सबन्ध के छ? आत्मा के हो, परमात्मा के हो र यी दुवैको आपसमा सबन्ध के छ? यहि विषयको नाम अध्यात्मवाद हो। आत्मा र परमात्मा दुवै भौतिक पदार्थ हैनन्। यिनलाई आँखले देख्न सकिदैन, कानले सुन्न सकिन्न, नाकले सुँघ्न सकिन्न, जिब्राले चाख्न सकिन...